१२ तब उहाँले भन्नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”
७ अनि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “आजदेखि सारा इस्राएलीको नजरमा म तिमीलाई उच्च पार्नेछु।+ तब जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु भनेर तिनीहरूले थाह पाउनेछन्।+