प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १:३९, ४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ अनि पुजारी सादोक पालमा गए+ र तेल राखिएको सिङ ल्याए+ अनि सुलेमानलाई अभिषेक गरे।+ तिनीहरूले सिङ फुकेपछि मानिसहरू यसो भन्दै कराउन थाले: “राजा सुलेमान दीर्घायु होऊन्‌!” ४० त्यसपछि सबै मानिस बाँसुरी बजाउँदै र खुसीले कराउँदै सुलेमानको पछिपछि लागे। तिनीहरूले ठूलो स्वरले जयजयकार गरेकोले जमिनै थर्कियो।+

  • २ राजा ११:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि यहोयादाले राजकुमारलाई बाहिर ल्याए+ अनि तिनको शिरमा मुकुट लगाइदिए र त्यसमाथि साक्षी-पत्र*+ पनि राखिदिए। तिनीहरूले तिनलाई राजा अभिषेक गरे। तिनीहरूले थपडी मार्दै यसरी जयजयकार गर्न थाले: “राजा दीर्घायु होऊन्‌!”+

  • २ राजा ११:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यहाँ उनले राजालाई त्यसबेलाको चलनअनुसारै खम्बाको छेउमा उभिरहेको देखिन्‌।+ राजासँगै नाइकेहरू र बिगुल फुक्नेहरू+ पनि उभिरहेका थिए। त्यहाँ देशका सबै मानिस बिगुल फुकेर खुसीयाली मनाइरहेका थिए। यो देख्नेबित्तिकै अथल्याहले आफ्नो लुगा च्यातिन्‌ र यसो भन्दै चिच्याइन्‌: “यो त धोका भयो, धोका!”

  • १ इतिहास १२:३९, ४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ तिनीहरू त्यहाँ तीन दिनसम्म दाउदसँग खाँदै र पिउँदै बसे किनकि तिनीहरूका भाइबन्धुले तिनीहरूको निम्ति खानपानको प्रबन्ध मिलाएका थिए। ४० साथै नजिकैको इलाकामा बस्नेहरूले अनि टाढा-टाढा बस्ने इस्साकार, जबुलुन र नप्तालिको कुलका मानिसहरूले समेत तिनीहरूको निम्ति खानेकुरा ल्याए। उनीहरूले गधा, उँट, खच्चर र गाईवस्तुलाई प्रशस्त मात्रामा पीठो, अन्जिरको रोटी,* किसमिसको रोटी,* मद्य अनि तेल बोकाएर ल्याए। अनि उनीहरूले थुप्रै गाईवस्तु र भेडा पनि ल्याए। किनकि त्यसबेला इस्राएलमा खुसीयाली छाएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने