१० साथै मोआबी रुथलाई म आफ्नी पत्नी बनाउँदै छु, जसका पति महलोन मरिसकेका छन्। यसो गर्दा महलोनको सम्पत्ति तिनकै सन्तानको नाममा रहनेछ+ अनि तिनका दाजुभाइ र यस सहरका मानिसहरूको बीचबाट* तिनको नाम मेटिएर जानेछैन। तपाईँहरू यसको पनि साक्षी हुनुहुन्छ।”+
१७ अनि छरछिमेकका स्त्रीहरूले यसो भन्न थाले: “नाओमीको एउटा छोरा भएको छ।” तिनीहरूले त्यस बालकको नाम ओबेद राखिदिए।+ ओबेद यिसैका बुबा र दाउदका हजुरबुबा हुन्।+
४७ साउलले इस्राएलीहरूको सबै इलाकामाथि आफ्नो शासन मजबुत पारे; तिनले वरपरका सबै शत्रु अर्थात् मोआबीहरू,+ अम्मोनीहरू,+ एदोमीहरू,+ जोबाहका राजाहरू+ र पलिस्तियालीहरूसित+ लडाइँ गरे। तिनी जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँका सबै शत्रुलाई हराए।