-
न्यायकर्ता ९:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसपछि तिनीहरूले अबिमेलेकलाई बाआल-बेरिथको मन्दिरबाट+ ७० टुक्रा चाँदी दिए र अबिमेलेकले त्यो चाँदी तिरेर केही निकम्मा र बेसोमती मानिसहरू भाडामा लिए। ५ त्यसपछि तिनी ती मानिसहरूलाई लिएर ओप्रामा+ आफ्नो बुबाको घरमा गए र त्यहाँ तिनले आफ्ना दाजुभाइ अर्थात् यरुब्बाआलका ७० जना छोरालाई एउटै ढुङ्गामाथि मारे।+ यरुब्बाआलका कान्छो छोरा योताम मात्र बचे किनभने उनी लुकेर बसेका थिए।
६ तब सकेमका सबै अगुवा र बेथ-मिल्लोका मानिसहरू भेला भए अनि तिनीहरूले सकेमको खम्बा नजिकैको ठूलो रूखको छेउमा अबिमेलेकलाई राजा बनाए।+
-
-
१ राजा १:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यदि हजुरले अहिले यस कुराको फैसला गरिदिनुभएन भने हजुरको शेषपछि* म र मेरो छोरा सुलेमान विद्रोही ठहराइनेछौँ।”
-