१७ उसले भन्यो: “कृपया, राजा सुलेमानसित मेरो निम्ति सुनेम्मी अबिसाग+ मागिदिनुहोस्। म ऊसित विवाह गर्न चाहन्छु। मलाई विश्वास छ, उहाँले तपाईँको कुरा मान्नुहुनेछ।”
२२ तब राजा सुलेमानले आफ्नी आमालाई भने: “अदोनियाहको लागि सुनेम्मी अबिसाग मात्र किन माग्नुहुन्छ? उसको लागि सिंहासन नै माग्नुभएको भए हुन्थ्यो नि!+ ऊ त मेरो दाइ हो+ अनि पुजारी अबियातार र जेरुयाहको छोरा योआब+ पनि उसकै पक्षमा छन्।”+