८ त्यसपछि तिनले महापवित्र कोठा बनाए।+ त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो। त्यसको लम्बाइ भवनको चौडाइबराबर थियो। तिनले महापवित्र कोठालाई ६०० टालेन्ट निखुर सुनले मोहोरे।+ ९ किलाहरू बनाउन ५० शेकेल सुन प्रयोग गरिएको थियो। सुलेमानले छतका कोठाहरू पनि सुनले मोहोरे।