-
१ राजा १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब ईजेबेलले एक जना सन्देशवाहक पठाएर एलियालाई यस्तो धम्की दिइन्: “भोलि यही बेलासम्म मैले तेरो हालत पनि ती भविष्यवक्ताहरूको जस्तै बनाइनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्; अझ त्योभन्दा बढ्ता गरून्।”
-
-
रोमी ११:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ आफूले सबैभन्दा पहिला स्विकारेका मानिसहरूलाई परमेश्वरले त्याग्नुभएन।+ एलियाले इस्राएलविरुद्ध परमेश्वरसित गरेको बिन्तीको सन्दर्भमा धर्मशास्त्रमा लेखिएको कुरा के तिमीहरूलाई थाह छैन? ३ “हे यहोवा,* तिनीहरूले तपाईँका भविष्यवक्ताहरूलाई मारिसके, तिनीहरूले तपाईँका वेदीहरू भत्काइसके र अब म मात्र बाँकी छु अनि तिनीहरू मेरो ज्यान लिन खोज्दै छन्।”+
-