प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २१:२-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्‍वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो,+ ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+ ३ तिनले आफ्ना बुबा हिजकियाहले नष्ट गरेका+ अग्ला थानहरू* फेरि बनाए। तिनले इस्राएलका राजा आहाबले जस्तै पवित्र खामो*+ ठड्‌याए र बाआलका निम्ति वेदीहरू बनाए।+ तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+ ४ तिनले यहोवा परमेश्‍वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्‌नेछु।”+ ५ तिनले यहोवा परमेश्‍वरको भवनको दुवै चोकमा+ आकाशका सारा सेनाको+ निम्ति वेदीहरू बनाए। ६ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए अनि जादु गर्ने, शकुन-अपशकुन हेर्नेजस्ता कामहरू गरे।+ साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्‍त गरे।+ तिनले यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने