११ “किनकि योसियाहका छोरा, यहुदाका राजा साल्लुम,+ जसले आफ्ना पिता योसियाहको+ सट्टामा शासन गरिरहेका छन् र जो कैदमा लगिएका छन्, तिनीबारे यहोवा यसो भन्नुहुन्छ: ‘तिनी कहिल्यै यहुदामा फर्कनेछैनन्। १२ तिनलाई कैद गरेर लगिएको ठाउँमै तिनी मर्नेछन्। तिनले यो देश फेरि कहिल्यै देख्न पाउनेछैनन्।’+