-
१ राजा १५:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूमाथि आक्रमण गर्न पठाए। तिनीहरूले इयोन,+ दान,+ हाबिल-बेथ-माकाह र पूरै किन्नरेथ अनि नप्तालिको कुलको सारा इलाकालाई आक्रमण गरे। २१ यो कुरा सुन्नेबित्तिकै बासाले रामा सहरलाई मजबुत बनाउन छोडे र तिर्जाहमा गएर बस्न थाले।+ २२ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई भेला गराए। अनि तिनीहरूले रामा सहरलाई मजबुत बनाउन बासाले प्रयोग गरेका ढुङ्गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्गाहरू र काठहरूबाट मिस्पा सहरलाई+ अनि बिन्यामिनको इलाकामा पर्ने गेबा सहरलाई+ मजबुत बनाए।
-