प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि यरिहोको पूर्वपट्टि यर्दनको इलाकामा तिनीहरूले यी सहरहरू छाने: रुबेनको कुलको पठारमा* भएको निर्जनभूमिमा रहेको बेजेर,+ गादको कुलको इलाकामा पर्ने गिलादको रामोथ+ र मनस्सेको कुलको इलाकामा पर्ने बासानको गोलान।+

  • १ राजा २२:२९-३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि इस्राएलका राजा र यहुदाका राजा यहोसापात रामोथ-गिलाद गए।+ ३० इस्राएलका राजाले यहोसापातलाई भने: “म भेष बदलेर लडाइँमा जानेछु तर तपाईँ भने शाही पोसाक नै लगाउनुहोस्‌।” त्यसैले इस्राएलका राजा आफ्नो भेष बदलेर लडाइँमा गए।+ ३१ अर्कोतिर सिरियाका राजाले चाहिँ रथ हाँक्ने सैनिकहरूका ३२ जना कप्तानलाई यस्तो आदेश दिएका थिए:+ “तिमीहरू साना-ठूला कसैसित नलड्‌नू, इस्राएलका राजासित मात्र लड्‌नू।” ३२ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूले यहोसापातलाई देख्नेबित्तिकै आपसमा यसो भने: “ऊ नै इस्राएलको राजा हुनुपर्छ।” त्यसैले तिनीहरू यहोसापातसित लड्‌न गए। तब यहोसापातले मदतको लागि गुहार्न थाले। ३३ जब ती कप्तानहरूले उनी इस्राएलका राजा होइन रहेछन्‌ भनी थाह पाए, तब तिनीहरू उनको पछि लाग्न छोडे।

  • २ इतिहास १८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले केही वर्षपछि यहोसापात आहाबलाई भेट्‌न सामरिया गए+ अनि आहाबले यहोसापात र उनका मानिसहरूको तर्फबाट परमेश्‍वरलाई प्रशस्तै भेडा र गाईवस्तु बलि चढाए। तिनले यहोसापातलाई रामोथ-गिलादमा आक्रमण गर्न आग्रह* गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने