प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ११:९-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ सय-सय जनाका कप्तानहरूले+ पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिएर तिनीहरू पुजारी यहोयादाकहाँ आए।+ १० त्यसपछि उनले सय-सय जनाका कप्तानहरूलाई यहोवा परमेश्‍वरको भवनमा राखिएका भालाहरू र गोलाकार ढालहरू दिए। यी हतियारहरू राजा दाउदका थिए। ११ महलका पहरेदारहरू+ आफ्नो हातमा हतियार लिएर आ-आफ्नो ठाउँमा तैनाथ भए। तिनीहरू भवनको दायाँ कुनादेखि बायाँ कुनासम्मै थिए। तिनीहरू वेदीको+ र भवनको नजिकै—राजाको चारैतिर तैनाथ भए। १२ त्यसपछि यहोयादाले राजकुमारलाई बाहिर ल्याए+ अनि तिनको शिरमा मुकुट लगाइदिए र त्यसमाथि साक्षी-पत्र*+ पनि राखिदिए। तिनीहरूले तिनलाई राजा अभिषेक गरे। तिनीहरूले थपडी मार्दै यसरी जयजयकार गर्न थाले: “राजा दीर्घायु होऊन्‌!”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने