३ त्यसबेला महानदीपारिको इलाकाका राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ आए र यसरी सोधे: “यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?” ४ तिनीहरूले उनीहरूलाई यसो पनि भने: “यो भवन बनाउने काममा लागिरहेका मानिसहरूको नाम हामीलाई भन!”