-
एज्रा ५:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि भविष्यवक्ता हाग्गै+ र इद्दोका+ नाति भविष्यवक्ता जकरियाले+ यहुदा र यरुसलेमका यहुदीहरूलाई परमेश्वरको सन्देश सुनाउन लागे। तिनीहरूले इस्राएलका परमेश्वरको नाममा सन्देश सुनाए, जो आफ्ना मानिसहरूको साथमा हुनुहुन्थ्यो। २ त्यसबेलादेखि सालतिएलका छोरा यरुबाबेल+ र यहोजादाकका छोरा यसुआले+ यरुसलेममा परमेश्वरको भवन पुनर्निर्माण गर्न सुरु गरे।+ परमेश्वरका भविष्यवक्ताहरू उनीहरूसँगै थिए र तिनीहरूले उनीहरूलाई यस काममा साथ दिए।+
-
-
जकरिया ६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि टाढा-टाढा रहेकाहरू आउनेछन् र यहोवा परमेश्वरको मन्दिर निर्माण गर्न सघाउनेछन्।” यो कुरा अवश्य पूरा हुनेछ। अनि तिमीहरूले यहोवा आफ्ना परमेश्वरको स्वर सुन्न छोडेनौ भने सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनेर तिमीहरूले जान्नेछौ।’”
-