प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ९:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यो कुरा सुन्‍नेबित्तिकै मैले आफ्नो लुगा र अलखा* च्यातेँ, कपाल र दाह्री लुछेँ अनि इन्तु न चिन्तु भएर भुईँमा थचक्क बसेँ। ४ अनि ज-जसको मनमा परमेश्‍वरले भन्‍नुभएका कुराहरूप्रति गहिरो आदर थियो, तिनीहरू सबै मेरो वरिपरि जम्मा भए। किनकि निर्वासनबाट फर्केर आएका मानिसहरूले परमेश्‍वरसित विश्‍वासघात गरेकोले तिनीहरू दुःखी भएका थिए। मचाहिँ साँझको अन्‍नभेटी चढाउने बेलासम्मै अवाक्‌ भएर बसिरहेँ।+

  • दानिएल ९:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले मैले साँचो परमेश्‍वर यहोवातिर आफ्नो अनुहार फर्काएर उहाँलाई पुकारेँ; साथै मैले भाङ्‌ग्रा ओढेँ, आफैमाथि खरानी छर्केँ र उपवास बसेँ।+ ४ मैले मेरा परमेश्‍वर यहोवालाई प्रार्थना गरेँ र पाप स्विकार्दै यसो भनेँ:

      “हे साँचो परमेश्‍वर यहोवा, जो महान्‌ र आश्‍चर्यजनक कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई+ अटल प्रेम* देखाउनुहुन्छ।+ ५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने