-
१ इतिहास २९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यी भेटीहरू दिन पाउँदा मानिसहरू असाध्यै रमाए किनकि तिनीहरूले राजीखुसीले र आफ्नो पूरा हृदयले यहोवा परमेश्वरलाई यी भेटीहरू दिएका थिए।+ यो देखेर राजा दाउद पनि निकै खुसी भए।
-
-
एज्रा ७:१४-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ राजा र राजाका सात जना सल्लाहकारको तर्फबाट तिमीलाई यहुदा र यरुसलेम पठाइँदै छ। तिमी त्यहाँ जाऊ र तिमीसित भएको तिम्रा परमेश्वरको व्यवस्था मानिसहरूले पालन गरिरहेका छन् कि छैनन् भनेर पत्ता लगाऊ। १५ राजा र राजाका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको निवासस्थान यरुसलेममा छ, उहाँको निम्ति राजीखुसीले दिएको सुन र चाँदी पनि आफूसँगै लैजानू। १६ अनि बेबिलोनको सबै प्रान्तबाट तिमीले जति पनि सुन र चाँदी पाउनेछौ अनि इस्राएलीहरू र पुजारीहरूले यरुसलेममा भएको आफ्ना परमेश्वरको भवनको निम्ति राजीखुसीले जे-जति उपहार दिन्छन्, ती सबै तिमीले लैजानू।+
-