९ अनि तिमीहरूमाझ भएको बेला जब म खाँचोमा परेँ, तब तिमीहरूमध्ये कसैको पनि बोझ बनिनँ। किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो आवश्यकता प्रशस्तगरि पूरा गरिदिएका थिए।+ हो, कुनै किसिमले तिमीहरूको लागि बोझ नबन्ने मैले कोसिस गरेँ र त्यस्तै गरिरहनेछु।+
१४ हेर, तिमीहरूकहाँ आउन म तयार भएको यो तेस्रो पटक हो र म तिमीहरूका निम्ति बोझ बन्नेछैनँ। म तिमीहरूको धनसम्पत्तिको होइन+ तर तिमीहरूको चाहना गर्छु+ किनकि छोराछोरीले आमाबुबाको लागि होइन तर आमाबुबाले छोराछोरीको लागि धनसम्पत्ति थुपारेको आशा गरिन्छ।