३ तिनले पानी-ढोकाको अगाडि भएको चोकमा बिहान सबेरैदेखि मध्यदिनसम्मै मानिसहरूको अगाडि व्यवस्थाको पुस्तक पढेर सुनाए।+ अनि त्यहाँ भेला भएका सबैले—पुरुष, स्त्री र कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी सबैले ध्यान दिएर सुने।+
८ उनीहरूले साँचो परमेश्वरको व्यवस्थाको पुस्तक ठूलो स्वरमा पढिरहे अनि त्यहाँ लेखिएका कुराहरू मानिसहरूलाई स्पष्टसित बुझाइदिए र त्यसको अर्थ पनि खुलाइदिए। यसरी उनीहरूले मानिसहरूलाई सुनेको कुरा बुझ्न मदत गरे।+