१२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+ २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष् दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष् साबित हुनेछौ।+