प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ९:२२-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्न छानिएकाहरू जम्मा २१२ जना थिए। वंशावलीमा जुन क्रममा उनीहरूको नाम लेखिएको थियो, त्यसैअनुसार उनीहरू आ-आफ्नो बस्तीमा बस्थे।+ उनीहरूलाई दाउद र दर्शी+ समुएलले नियुक्‍त गरेका थिए किनकि उनीहरू भरोसायोग्य थिए। २३ उनीहरू र उनीहरूका छोराहरूलाई यहोवा परमेश्‍वरको भवनको+ अर्थात्‌ वासस्थानको प्रवेशद्वारको निगरानी गर्ने जिम्मेवारी दिइएको थियो। २४ ती ढोकेहरूले चारै दिशामा—पूर्व, पश्‍चिम, उत्तर र दक्षिणमा पहरा दिन्थे।+ २५ समय-समयमा उनीहरूका दाजुभाइ आ-आफ्नो बस्तीबाट आउनुपर्थ्यो र सात दिनसम्म उनीहरूसितै सेवा गर्नुपर्थ्यो। २६ त्यहाँ चार जना मानिसलाई मुख्य ढोकेको जिम्मा सुम्पिइएको थियो किनकि तिनीहरू भरोसायोग्य थिए। तिनीहरू लेवी थिए र तिनीहरूले साँचो परमेश्‍वरको भवनका कोठाहरू* र भण्डारको रेखदेख गर्थे।+ २७ तिनीहरू साँचो परमेश्‍वरको भवनको चारैतिर आ-आफ्नो ठाउँमा तैनाथ हुन्थे र रातभरि पहरा दिन्थे किनकि यही नै तिनीहरूको जिम्मेवारी थियो। भवनको साँचो पनि तिनीहरूकै जिम्मामा दिइएको थियो र तिनीहरूले नै हरेक बिहान भवनको ढोका खोल्ने गर्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने