७यी घटनाहरू भएपछि फारसका राजा आर्टजारसेजको शासनकालमा+ एज्रा*+ बेबिलोनबाट फर्के। तिनी सिरायाहका+ छोरा थिए। सिरायाह अजर्याहका छोरा थिए। अजर्याह हिल्कियाहका+ छोरा थिए।
६ तिनै एज्रा बेबिलोनबाट आए। तिनी एक प्रतिलिपिक* थिए। तिनी इस्राएलका परमेश्वर यहोवाले दिनुभएको मोसाको व्यवस्थामा पोख्त थिए।*+ राजाले तिनले माग गरेका सबै कुरा पूरा गरिदिए किनकि तिनका परमेश्वर यहोवाको हात तिनीमाथि थियो।