३ “तिमीहरूले पुजारीहरूलाई दिनुपर्ने कुराहरू यी नै हुन्: यदि कसैले बहर अथवा भेडा बलि चढाउँछ भने त्यसको कुम, थुतुनो अनि भुँडी पुजारीलाई देओस्। ४ आफ्नो उब्जनीको पहिलो फलबाट अन्न, नयाँ दाखमद्य, तेल अनि भेडा कत्रने बेला जम्मा भएको पहिलो ऊन तिमीहरूले पुजारीहरूलाई दिनू।+