१५ मोर्दकैका काका अबिहेलकी छोरी एस्तर, जसलाई मोर्दकैले आफ्नी छोरी बनाएर पालनपोषण गरेका थिए,+ उनको राजासामु हाजिर हुने पालो आयो। उनले राजाका नपुंसक तथा स्त्रीहरूका रखवाला हेगेले उनलाई जे-जति दिएका थिए, त्यसबाहेक अरू केही पनि मागिनन्। (एस्तरले आफूलाई देख्नेजति सबैको मन जित्दै गइन्।)