-
एस्तर ३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तब पहिलो महिनाको १३ औँ दिनमा राजाका सचिवहरूलाई+ बोलाइयो। तिनीहरूले राजाका बडाहाकिमहरू, प्रान्तहरूका राज्यपालहरू र विभिन्न जातिका अगुवाहरूको निम्ति हामानले दिएको सबै आदेश लेखे।+ प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा* र प्रत्येक जातिलाई उनीहरूकै भाषामा ती आदेशहरू लेखिए। ती आदेशहरू राजा आहासुरसको नाममा जारी गरियो र राजाको छापऔँठीले त्यसमा छाप लगाइयो।+
-
-
एस्तर ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ पत्रमा लेखिएका कुराहरूलाई हरेक प्रान्तमा कानुनकै रूपमा लागू गर्नुपर्ने थियो र सबै मानिस त्यस दिनको निम्ति तयार रहन सकून् भनेर यसबारे चारैतिर घोषणा गर्नुपर्ने थियो।
-