प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्‍वरले सजाय नदिई छोड्‌नुहुन्‍न।+

  • अय्युब ४:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ उहाँ आफ्ना सेवकहरूलाई भरोसै गर्नुहुन्‍न;

      स्वर्गदूतहरूमा* समेत उहाँ खोट देख्नुहुन्छ।

      १९ झन्‌ माटोको घरमा बस्नेहरू,

      जो माटैबाट+ आएका हुन्‌,

      जसलाई किरालाई* जस्तै किचीमिची पार्न सकिन्छ,

      तिनीहरूमा त झन्‌ कत्ति खोट देख्नुहोला!

      २० दिन नढल्दै तिनीहरू नष्ट भएर जान्छन्‌।

      तिनीहरू सधैँका लागि बिलाएर जान्छन्‌, कसैले वास्ता गर्दैन।

  • अय्युब २२:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ “के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?

      कुनै मानिस जति नै समझदार भए पनि उहाँलाई के फाइदा?+

       ३ तपाईँ धर्मी व्यक्‍ति भए पनि परमेश्‍वरले त्यसको वास्ता गर्नुहुन्छ र?*

      अथवा तपाईँ सत्यनिष्ठ भए पनि उहाँलाई केही फाइदा हुन्छ र?+

  • अय्युब २५:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ उहाँको नजरमा जूनसमेत चहकिलो छैन

      र ताराहरू पनि बेदाग छैनन्‌।

       ६ झन्‌ मानिसको त के कुरा?

      मानिस त केवल एउटा औँसाबराबर अनि मानिसको छोरा किराबराबर छ।”

  • अय्युब ४२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अब सात वटा बहर र सात वटा थुमा लिएर मेरो सेवक अय्युबकहाँ जाऊ र आ-आफ्नो पापको प्रायश्‍चित गर्न अग्निभेटी चढाऊ। मेरो सेवक अय्युबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछन्‌।+ तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा नबोलेकोले तिमीहरू दण्ड पाउन योग्य छौ। तर म अय्युबको बिन्ती सुन्‍नेछु र तिमीहरूलाई तिमीहरूको मूर्खताको सजाय दिनेछैनँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने