६ यहोवाले सैतानलाई भन्नुभयो: “हुन्छ, त्यसोभए अय्युब तेरै हातमा भयो। केवल उसको ज्यानचाहिँ नली!” ७ तब सैतान यहोवाको सामनेबाट गयो। अनि त्यसले अय्युबलाई प्रहार गऱ्यो र अय्युबको शिरदेखि पैतालासम्म पीडादायी पिलोहरू निस्कियो।+
११ हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+