-
भजन १०८:२-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ ए तारे बाजा, ए वीणा, जाग!+
म बिहानीको उषालाई ब्युँझाउनेछु।
३ हे यहोवा, जातिजातिमाझ म तपाईँको प्रशंसा गर्नेछु;
राष्ट्रहरूमाझ म तपाईँको स्तुति गाउनेछु।*
४ किनकि तपाईँको अटल प्रेम अपार छ, त्यो स्वर्गजत्तिकै उच्च छ+
अनि तपाईँको वफादारी आकाशजत्तिकै उच्च छ।
५ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;
तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+
-