प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ पछि यहोवा परमेश्‍वरले कयिनलाई सोध्नुभयो: “तिम्रो भाइ खोइ?” कयिनले जवाफ दिए: “मलाई के थाह? म त्यसको गोठालो हुँ र?” १० तब परमेश्‍वरले भन्‍नुभयो: “तिमीले यो के गऱ्‍यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+

  • उत्पत्ति ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+

  • व्यवस्था ३२:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ!+

      किनकि उहाँले आफ्ना जनहरूको रगतको बदला लिनुहुनेछ,+

      आफ्ना शत्रुहरूसित साटो फेर्नुहुनेछ+

      अनि आफ्ना जनहरूको देशको निम्ति प्रायश्‍चित गर्नुहुनेछ।”*

  • २ राजा ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ येहुले आफ्नो धनु उठाएर यहोरामको पिठिउँमा हाने। काँडले यहोरामको मुटु वारपार हुनेगरि छेड्‌यो र उनी रथमै मरे।

  • २ राजा ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ ‘यहोवा घोषणा गर्नुहुन्छ, “मैले हिजो नाबोथ र तिनका छोराहरूको हत्या भएको देखेको थिएँ,”+ यहोवा घोषणा गर्नुहुन्छ, “यही ठाउँमा म तँसित बदला लिनेछु।”’+ त्यसैले यहोवा परमेश्‍वरको वचनअनुसारै यो लास उठाएर यही जमिनमा फालिदेऊ।”+

  • २ राजा २४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरको आदेशअनुसारै यहुदामा यस्तो भएको थियो। यहुदालाई आफ्नो सामनेबाट हटाउन उहाँले त्यसो गर्नुभयो।+ किनभने मनस्सेले परमेश्‍वरको आज्ञा पालन नगरेर थुप्रै पाप गरेका थिए+ ४ अनि यरुसलेममा निर्दोष मानिसहरूको रगत पनि बगाएका थिए।+ त्यसैले यहोवा परमेश्‍वरले यहुदालाई क्षमा दिन चाहनुभएन।+

  • लुका ११:४९-५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ यसैले आफ्नो बुद्धि प्रकट गर्दै परमेश्‍वरले यसो भन्‍नुभयो: ‘म तिनीहरूकहाँ भविष्यवक्‍ताहरू र प्रेषितहरू पठाउनेछु अनि तिनीहरूले उनीहरूमध्ये कसै-कसैलाई मार्नेछन्‌ र कसै-कसैको खेदो गर्नेछन्‌ ५० ताकि संसारको प्रारम्भदेखि मारिएका सबै भविष्यवक्‍ताको रगतको हिसाब यस पुस्तासित लिन सकियोस्‌,+ ५१ हाबिलको रगतदेखि+ जकरियाको रगतसम्म, जसको हत्या वेदी र मन्दिरको बीचमा भएको थियो।’+ हो, म तिमीहरूलाई भन्छु, त्यसको हिसाब यस पुस्तासित लिइनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने