-
गन्ती ३१:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ युद्धबाट ल्याएका सबै कुरालाई दुई भाग लगाउनू। एउटा भाग युद्ध लडेका मानिसहरूको लागि अनि अर्को भाग बाँकी समुदायको लागि।+
-
-
१ समुएल ३०:२३-२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तर दाउदले भने: “यी सबै कुरा हामीलाई यहोवा परमेश्वरले दिनुभएको हो। त्यसैले हे मेरा भाइहरू हो, त्यसो नगर। परमेश्वरले हामीलाई जोगाउनुभयो र हामीविरुद्ध आएका ती आक्रमणकारीहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो।+ २४ तिमीहरूले भनेको यस कुरामा को सहमत हुन्छ र? लडाइँ गर्न युद्धभूमिमा गएकाहरूले जे-जति पाउँछन्, सामान कुर्न बसेकाहरूले पनि त्यति नै पाउनेछन्।+ सबैले बराबर भाग पाउनेछन्।”+ २५ दाउदले भनेको यो कुरा त्यस दिनदेखि इस्राएलमा नियमकै रूपमा लागू हुन थाल्यो र त्यो नियम अहिलेसम्म पनि कायमै छ।
-