-
१ राजा १०:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० सेबाकी महारानीले सुलेमानको ख्यातिबारे सुनिन् र यहोवा परमेश्वरको नामको कारण तिनले यस्तो ख्याति कमाएका हुन् भनेर थाह पाइन्।+ त्यसैले उनी सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्नहरू* लिएर आइन्।+ २ उनी ठूलो लावालस्करसहित यरुसलेम आइपुगिन्।+ उनले उँटमा बाल्सम तेल* अनि प्रशस्त मात्रामा सुन र बहुमूल्य रत्न ल्याएकी थिइन्।+ उनी सुलेमानकहाँ हाजिर भइन् र आफ्नो मनमा भएका सबै कुरा सुलेमानलाई सोधिन्।
-