-
गन्ती ११:३१-३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ त्यसपछि यहोवा परमेश्वरले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू उडाएर ल्यायो र तिनीहरू छाउनीको वरिपरि खस्न थाले।+ छाउनीको दुवैतर्फ एक दिनको बाटोसम्म भुईँभरि बट्टाई चराहरू थिए र त्यो दुई हात* बाक्लो थियो। ३२ तब मानिसहरूले त्यस दिनभरि र रातभरि सुत्दै नसुती चराहरू बटुले। त्यसको भोलिपल्ट पनि दिनभरि नै तिनीहरूले चराहरू बटुलिरहे। कसैले पनि १० होमेरभन्दा* कम बटुलेन; त्यसपछि तिनीहरूले त्यसलाई छाउनीको चारैतिर सुकाए। ३३ तर मासु मानिसहरूको मुखैमा छँदा, तिनीहरूले चपाउन नपाउँदै यहोवा परमेश्वरको क्रोध तिनीहरूमाथि दन्क्यो अनि यहोवा परमेश्वरले थुप्रै मानिसलाई मार्नुभयो।+
३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे।
-