-
प्रस्थान २३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तिमीहरूको सङ्ख्या बढ्दै गएर तिमीहरूले पूरै ठाउँ कब्जा नगरुन्जेल म अलिअलि गरेर तिमीहरूका शत्रुहरूलाई धपाउनेछु।+
-
-
यहोसु २४:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिमीहरू ती जातिहरू बसोबास गरिरहेको इलाकामा पुग्नुभन्दा पहिल्यै मैले त्यहाँका मानिसहरूलाई हतोत्साहित तुल्याइदिएँ।* अनि त्यही डरले गर्दा जसरी एमोरीहरूका दुई जना राजा भागेका थिए, त्यसरी नै ती मानिसहरू पनि भागे।+ तिमीहरूले आफ्नो तरबार र धनुले तिनीहरूलाई जितेका होइनौ।+ १३ मैले तिमीहरूलाई यस्तो देश दिएँ, जसको निम्ति तिमीहरूले मेहनतै गर्नुपरेन अनि यस्ता सहरहरू दिएँ, जसलाई तिमीहरूले बसाल्नै परेन।+ तिमीहरू यहाँ आयौ र बसोबास गर्न थाल्यौ। अनि तिमीहरू आफूले नरोपेको अङ्गुर र जैतुनको बगानको फल खाँदै छौ।’+
-
-
१ राजा ४:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ सुलेमानको शासनकालमा दानदेखि बेर्सेबासम्म यहुदाका र इस्राएलका सबै मानिस सुरक्षित थिए; त्यहाँका हरेक मानिस आफ्नै अङ्गुरको बोटमुनि र आफ्नै अन्जिरको रूखमुनि ढुक्कसँग बस्थे।
-