-
२ समुएल ७:१२-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+ १३ तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १४ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्।+ तिनले कुनै गल्ती गर्दा म तिनलाई सुधार्नेछु अनि म तिनलाई मान्छेले जस्तै छडीले हिर्काएर सजाय दिनेछु।+ १५ मैले साउललाई अटल प्रेम देखाउन छोडेँ र उसलाई तिम्रो सामनेबाट हटाएँ। तर म तिम्रो छोरालाई अटल प्रेम देखाउन कहिल्यै छोड्नेछैनँ।+
-