प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ९:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरेनन्‌ किनभने इस्राएलका कुलनायकहरूले इस्राएलका परमेश्‍वर यहोवाको नाममा शपथ खाएका थिए।+ त्यसैले इस्राएलीहरूको सारा समुदायले आफ्ना कुलनायकहरूसित गनगन गर्न थाल्यो। १९ तब सबै कुलनायकले सारा समुदायलाई भने: “हामीले तिनीहरूसित इस्राएलका परमेश्‍वर यहोवाको नाममा शपथ खाएका छौँ। त्यसैले हामी तिनीहरूलाई हानि पुऱ्‍याउन सक्दैनौँ। २० हामी तिनीहरूलाई जीवितै राख्नेछौँ। तिनीहरूसित खाएको शपथ पूरा गरेनौँ भने परमेश्‍वर हामीसित क्रोधित हुनुहुनेछ।”+

  • न्यायकर्ता ११:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ जब यिप्तह मिस्पामा+ आफ्नो घर फर्के, तब हेर! तिनकी छोरी खैँजडी बजाउँदै अनि नाच्दै तिनलाई भेट्‌न बाहिर निस्किन्‌। उनी यिप्तहकी एक्ली छोरी थिइन्‌; उनीबाहेक यिप्तहको अरू कुनै छोराछोरी थिएन। ३५ छोरीलाई देखेपछि यिप्तहले दुःखी हुँदै आफ्नो लुगा च्याते र यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्‍ति तिमी नै पऱ्‍यौ। मैले यहोवा परमेश्‍वरलाई भाकल गरिसकेँ* अनि म आफ्नो भाकल तोड्‌न सक्दिनँ।”+

  • भजन ५०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ परमेश्‍वरलाई बलिदानस्वरूप धन्यवाद चढाओ+

      अनि सर्वोच्च परमेश्‍वरसित गरेको भाकल पूरा गर;+

  • मत्ति ५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्‌नू+ तर यहोवा* परमेश्‍वरसित गरेको भाकल पूरा गर्नू।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने