-
यसैया ६:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ राजा उज्जियाहको मृत्यु+ भएको वर्षको कुरा हो, मैले यहोवालाई उच्च र महिमायुक्त सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ उहाँको वस्त्रको किनारले मन्दिर ढाकेको थियो। २ उहाँको छेउमा सराफहरू* उभिएका थिए। तिनीहरू प्रत्येकका छ-छ वटा पखेटा थिए। तिनीहरूले दुई वटा पखेटाले आफ्नो अनुहार छोपेका थिए, दुई वटाले खुट्टा छोपेका थिए र दुई वटाले यताउता उड्ने गर्थे।
३ अनि एउटाले अर्कोलाई यसो भने:
“सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!+
सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
-
-
इजकिएल १:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ मैले चम्किलो धातुजस्तै+ केही देखेँ, जुन तिनको कम्मरजस्तो देखिने भागको मास्तिर दनदनी बलिरहेको आगोजस्तो देखिन्थ्यो। अनि मैले तिनको कम्मरदेखि मुनि पनि आगोजस्तै+ केही देखेँ। तिनको चारैतिर चहकिलो ज्योति थियो। २८ त्यो ज्योति पानी परेको बेला बादलमा देखिने इन्द्रेनीजस्तै+ थियो। तिनको चारैतिर भएको चहकिलो ज्योति यस्तै देखिन्थ्यो। त्यो यहोवा परमेश्वरको महिमाजस्तै देखिन्थ्यो।+ जब मैले त्यो देखेँ, तब म भुईँसम्मै घोप्टो परेँ अनि मैले कोही बोलेको आवाज सुनेँ।
-