-
प्रेषित १:१६-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “भाइहरू हो, दाउदले पवित्र शक्तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहुदाको विषयमा भविष्यवाणी गरेका थिए,+ जसले सैनिकहरू लगेर येसुलाई गिरफ्तार गरायो।+ १७ त्यसको गन्ती हामीसँगै हुने गर्थ्यो+ र त्यसले हामीसँगसँगै सेवा गर्थ्यो। १८ (हो, यही मानिसले कुकर्मको ज्यालाबाट+ एउटा खेत किन्यो र उँधोमुन्टो भई खस्दा भुँडी फुटेर त्यसको आन्द्रा सबै बाहिर निस्क्यो।+ १९ यस घटनाबारे यरुसलेमका सबै बासिन्दाले थाह पाए। त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम हकल्दामा अर्थात् “रगतको जमिन” राखे।) २० यसबारे भजनको पुस्तकमा यस्तो लेखिएको छ: ‘त्यसको निवास उजाड होस् र त्यहाँ बास गर्ने कोही नहोस्’+ अनि ‘निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्।’+
-