१९ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरू श्रापित हुनेछन् र तिनीहरूको दुर्दशा देखेर मानिसहरू डरले थरथर काँप्नेछन् भनेर सजाय सुनाएको थिएँ। त्यो सुनेर तिम्रो मन पग्लियो र तिमीले यहोवासामु आफूलाई नम्र तुल्यायौ+ अनि तिमी आफ्नो लुगा च्यातेर रोयौ।+ त्यसैले म तिम्रो बिन्ती सुन्नेछु, यहोवा घोषणा गर्नुहुन्छ।