प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूले पालैपालो स्तुतिगान गाए।+ तिनीहरूले यसो भन्दै यहोवा परमेश्‍वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन थाले, “किनकि उहाँ भला हुनुहुन्छ; इस्राएलप्रति उहाँको अटल प्रेम* कहिल्यै टल्दैन।”+ यहोवा परमेश्‍वरको भवनको जग हालिएको खुसीमा सबै मानिसले ठूलो स्वरमा यहोवाको प्रशंसा गरे।

  • भजन १०६:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌,+

      हामीलाई जातिजातिहरूबाट जम्मा गर्नुहोस्‌+

      र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,

      रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+

  • यसैया ४९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+

      हे पहाडहरू हो, खुसीले चिच्याओ!+

      किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+

      र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+

  • यर्मिया ३१:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरू आउनेछन्‌ र सियोनको टाकुरामा खुसीले कराउनेछन्‌।+

      यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ।

      उहाँले तिनीहरूलाई अन्‍न, नयाँ मद्य+ र तेल दिनुहुनेछ।

      तिनीहरूका वस्तुभाउ ब्याउनेछन्‌।+

      तिनीहरू राम्ररी पानी पाएको बगैँचाजस्तै हराभरा हुनेछन्‌+

      र फेरि कहिल्यै कमजोर हुनेछैनन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने