-
१ राजा ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मेरा बुबा दाउदको इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+
-
-
१ इतिहास १५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि दाउदले यहोवा परमेश्वरको सन्दुक आफूले तयार पारेको ठाउँसम्म ल्याउन सबै इस्राएलीलाई यरुसलेममा भेला गरे।+
-
-
१ इतिहास १५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि तिनीहरूलाई यसो भने: “तपाईँहरू लेवीहरूको बुबापट्टिको घरानाहरूका नाइके हुनुहुन्छ। तपाईँहरू र तपाईँहरूका दाजुभाइ सबैले आफूलाई पवित्र पार्नुहोस् अनि इस्राएलका परमेश्वर यहोवाको सन्दुक मैले तयार पारेको ठाउँसम्म ल्याउनुहोस्।
-
-
प्रेषित ७:४५, ४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ अनि तिनीहरूपछिका हाम्रा पुर्खाहरूलाई त्यो पाल दिइयो र उनीहरूले यहोसुसँग अन्यजातिहरूको देशमा+ जाँदा त्यसलाई पनि आफूसितै लगे। परमेश्वरले ती अन्यजातिहरूलाई हाम्रा पुर्खाहरूकै सामने धपाउनुभयो+ र दाउदको दिनसम्मै त्यो पाल यहीँ रह्यो। ४६ तिनले परमेश्वरको निगाह पाए र याकुबका परमेश्वरको निम्ति निवासस्थान+ बनाउने सुअवसरको लागि बिन्ती गरे।
-