७त्यसैले किर्यथ-येरिमका मानिसहरू यहोवा परमेश्वरको सन्दुक* लिन आए अनि लगेर डाँडामा भएको अबिनादाबको घरमा राखे।+ तिनीहरूले अबिनादाबको छोरा एलियाजारलाई यहोवा परमेश्वरको सन्दुकको हेरचाह गर्न नियुक्त गरे।*
६ दाउद र सबै इस्राएली साँचो परमेश्वर यहोवाको सन्दुक ल्याउन यहुदाको बालाह+ अर्थात् किर्यथ-येरिम गए। यही सन्दुकअगाडि मानिसहरू परमेश्वरको नाम पुकार्छन्, जो करूबहरूभन्दा माथि*+ विराजमान हुनुहुन्छ।