-
प्रस्थान ७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० मोसा र हारुनले तुरुन्तै यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम गरे। फारो र उनका सेवकहरूसामु हारुनले आफ्नो लौरो उठाए र नाइल नदीको पानीलाई हिर्काए अनि नदीको पानी रगत बन्यो।+
-
-
प्रस्थान ८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब हारुनले आफ्नो लौरोलाई मिश्रका सबै पानीतर्फ पसारे र पानीबाट निस्केका भ्यागुताले पूरै मिश्र भरियो।
-
-
प्रस्थान ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मोसा र हारुनले त्यसै गरे। हारुनले आफ्नो लौरो उठाएर जमिनको धुलोमा हिर्काए अनि मानिसहरू र पशुहरूलाई भुसुनाले हैरान पाऱ्यो। जमिनको सबै धुलो भुसुना बनेर मिश्रभरि फैलियो।+
-
-
प्रस्थान ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि भोलिपल्टै यहोवा परमेश्वरले त्यसै गर्नुभयो। मिश्रीहरूका वस्तुभाउ भकाभक मर्न थाले+ तर इस्राएलीहरूको भने एउटा पनि मरेन।
-
-
प्रस्थान ९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले तिनीहरू इँटाभट्टाबाट खरानी लिएर फारोसामु हाजिर भए अनि मोसाले त्यो खरानी हावामा छरिदिए। त्यसले गर्दा मानिसहरूमा अनि पशुहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्के।
-
-
प्रस्थान ९:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसैले मोसाले आफ्नो लौरो आकाशतिर पसारे। अनि यहोवा परमेश्वरले मेघ र असिना पठाउनुभयो अनि पृथ्वीमा आगो बर्स्यो।* यहोवा परमेश्वरले मिश्रमा असिना बर्साइरहनुभयो।
-
-
प्रस्थान १०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो हात पसार र मिश्रभरि सलह आएर सबै वनस्पति खाऊन्; तिनीहरूले असिनाबाट बचेको एउटै कुरा बाँकी नराखून्।”
-
-
प्रस्थान १०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “आफ्नो हात आकाशतिर पसार र मिश्रभरि निस्पट्ट अँध्यारो होस्।”
-