प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउनू भनी मलाई यी आज्ञा, नीतिनियम र विधिविधान दिनुभएको छ। यर्दन नदी पार गरेर आफूले अधिकार गर्ने देशमा पुगेपछि तिमीहरूले यी आज्ञा, नियम र विधिविधान पालन गर्नू। २ त्यसो गऱ्‍यौ भने तिमीहरूले अनि तिमीहरूका छोरानातिले जीवनभर यहोवा तिमीहरूका परमेश्‍वरको भय मान्‍न सक्नेछौ अनि मैले तिमीहरूलाई आज्ञा गरेका उहाँका सबै नियम तथा आज्ञा पालन गर्न सक्नेछौ।+ अनि तिमीहरू सबै दीर्घायु हुनेछौ।+

  • व्यवस्था ३०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष्‌ रोज कि मृत्यु र सराप।+ तिमीहरू जे रोज्छौ, त्यसको साक्षी आकाश र पृथ्वी छन्‌। तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।+ २० त्यसको लागि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको कुरा सुन्‍नू, उहाँप्रति वफादार रहनू+ र उहाँलाई प्रेम गरिरहनू+ किनकि तिमीहरूलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। अनि यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा उहाँले नै तिमीहरूलाई लामो समयसम्म रहिरहन दिनुहुनेछ।”+

  • १ पत्रुस ३:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि “जसले जीवनलाई प्रेम गर्छ र आनन्दित भएर जीवन बिताउन चाहन्छ, उसले आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राखोस्‌+ र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोकोस्‌। ११ उसले खराब काम त्यागोस्‌+ र जे असल छ, त्यो गरोस्‌+ अनि शान्ति खोजोस्‌ र त्यसको पछि लागोस्‌।+ १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने