प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १९:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ जोनाथनले आफ्नो बुबा साउललाई दाउदको विषयमा राम्रा-राम्रा कुरा सुनाए।+ जोनाथनले बुबालाई भने: “महाराजले आफ्नो सेवक दाउदको विरुद्धमा पाप गर्नु राम्रो होइन किनभने दाउदले हजुरको विरुद्धमा कुनै पाप गरेका छैनन्‌। उनले हजुरको लागि जे-जति गरेका छन्‌, त्यसले हजुरकै भलाइ भएको छ। ५ गोल्यतलाई* मार्न उनले आफ्नो ज्यानै जोखिममा हाले।+ यहोवा परमेश्‍वरले त्यतिबेला सारा इस्राएललाई ठूलो जित* हासिल गर्न मदत गर्नुभयो। त्यो घटना तपाईँ आफैले देख्नुभएको थियो। अनि तपाईँ खुसीले गद्‌गद हुनुभएको थियो। अहिले त्यही दाउदलाई मारेर तपाईँ किन निर्दोष मानिसको रगत बगाउन चाहनुहुन्छ?”+

  • १ समुएल २०:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन्‌ भनेर जोनाथनलाई पक्का भयो।+

  • यर्मिया १८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० के भलाइको बदलामा खराबी गर्नु उचित हो?

      किनकि तिनीहरूले मलाई मार्न खाडल खनेका छन्‌।+

      हे परमेश्‍वर सम्झनुहोस्‌, तिनीहरूविरुद्ध तपाईँको क्रोध हटोस्‌ भनेर

      तिनीहरूको पक्षमा असल कुरा भन्‍न म कत्ति पटक तपाईँसामु खडा भएँ!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने