-
व्यवस्था १६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी, विदेशी, अनाथ र विधवासँगै यस चाडको बेला खुसीयाली मनाउनू।+
-
-
२ इतिहास ३०:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसपछि पूरै समुदायले अझै सात दिन चाड मनाउने निर्णय गऱ्यो। त्यसैले तिनीहरूले आनन्दित हुँदै थप सात दिन चाड मनाए।+ २४ अनि यहुदाका राजा हिजकियाहले पूरै समुदायको लागि १ हजार बहर र ७ हजार भेडा दान गरे। भारदारहरूले पनि समुदायको लागि १ हजार बहर र १० हजार भेडा दान गरे।+ अनि थुप्रै पुजारीले आफैलाई पवित्र पारे।+
-