-
एस्तर ९:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ किनकि अगागी+ हाम्मेदाथाका छोरा, सबै यहुदीका शत्रु हामानले+ यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रचेका थिए+ अनि उनीहरूलाई आतङ्कित पार्न र नाश गर्न पूर+ अर्थात् गोला हालेका थिए। २५ तर जब एस्तर राजासामु गइन्, तब राजाले यस्तो लिखित आदेश दिए:+ “हामानले षड्यन्त्र रचेर यहुदीहरूमाथि जुन विपत्ति ल्याउन खोजेको थियो,+ त्यो विपत्ति त्यसकै थाप्लोमा परोस्।” त्यसपछि तिनीहरूले हामानलाई र तिनका छोराहरूलाई खम्बामा झुन्ड्याए।+
-