१९ अनि आफूलाई भन्नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।”’ २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+
१३ सुन, तिमीहरू यसो भन्छौ: “आज वा भोलि हामी फलानो सहरमा जाऔँला अनि त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर केही नाफा कमाऔँला,”+१४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+