प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ८:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनले भने: “तिमीहरूमाथि शासन गर्ने राजासित तिमीहरूबाट यस्ता कुराहरू माग गर्ने अधिकार हुनेछ:+ तिनले तिमीहरूका छोराहरूलाई लैजानेछन्‌।+ तिनले उनीहरूलाई रथ हाँक्ने काममा लगाउनेछन्‌+ र घोडचढी बनाउनेछन्‌।+ केहीलाई चाहिँ रथको अघिअघि दौडन लगाउनेछन्‌। १२ तिनले केहीलाई हजार-हजार+ र पचास-पचास+ जनाको समूहमाथि नाइके नियुक्‍त गर्नेछन्‌। केहीले तिनको खेत जोत्नेछन्‌,+ केहीले बाली काट्‌नेछन्‌+ अनि केहीले चाहिँ लडाइँका हातहतियार र रथको लागि सरसामान बनाउनेछन्‌।+

  • १ राजा ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ सुलेमानले सारा इस्राएलमा १२ जना प्रशासक नियुक्‍त गरेका थिए। तिनीहरूले राजा र तिनको महलका सबैको लागि खानेकुराको प्रबन्ध गर्थे। तिनीहरूलाई हरेक महिना पालैपालो खानेकुराको प्रबन्ध गर्ने जिम्मेवारी दिइएको थियो।+

  • २ इतिहास २६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साथै उज्जियाहले यरुसलेममा कुना-ढोका,+ उपत्यका-ढोका+ र ‘टेको’-नजिकै बलिया-बलिया धरहराहरू बनाए।+ १० तिनले निर्जनभूमिमा पनि धरहराहरू बनाए+ अनि थुप्रै इनार खने* (किनकि तिनका वस्तुभाउ धेरै थिए); तिनले सेफेलाहमा र मैदानमा* पनि इनारहरू खने। तिनी खेतीपाती मन पराउने मान्छे थिए, त्यसैले तिनले पहाडहरूमा र कर्मेलमा किसानहरू र अङ्‌गुर बगानका मालीहरूलाई काममा लगाएका थिए।

  • श्रेष्ठगीत ८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ बाआल-हामोनमा सुलेमानको अङ्‌गुर बगान थियो;+

      तिनले त्यो बगान किसानहरूलाई कमाउन दिए

      अनि अङ्‌गुरको सट्टा तिनीहरूले सुलेमानलाई चाँदीका एक हजार टुक्रा टक्य्राउँथे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने