प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक ३:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ। २० तिनीहरू सबै एउटै ठाउँमा जान्छन्‌।+ तिनीहरू माटैबाट आएका हुन्‌+ र माटैमा फिर्ता जानेछन्‌।+

  • उपदेशक ९:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ चाहे कोही दुष्ट होस्‌ वा धर्मी,+ भला र शुद्ध होस्‌ वा अशुद्ध, चाहे कसैले बलिदान चढाओस्‌ वा नचढाओस्‌, आखिर सबैले एउटै नतिजा भोग्छन्‌।+ राम्रो काम गर्ने मानिस र पापी मानिस अनि सोचविचार नगरी शपथ खाने मानिस र शपथ खानुअघि सोचविचार गर्ने मानिस सबैको अन्तिम नतिजा उस्तै हुन्छ। ३ संसारमा* यो कुरा साह्रै दुःखलाग्दो छ: सबैले एउटै दुर्दशा भोग्ने भएकोले+ मानिसको हृदय खराब कुराले भरिएको हुन्छ। जीवनभर तिनीहरू पागलपन देखाउँछन्‌ र अन्तमा मर्छन्‌।

  • उपदेशक ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ संसारमा* मैले अर्को एउटा कुरा पनि देखेँ। वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन,+ बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन+ अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन।+ किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने