४० मैले दिउँसोको टन्टलापुर घाम भनिनँ, रातको कठाङ्ग्रिने जाडो भनिनँ, निद्रा भनिनँ।+ ४१ तपाईँका दुई छोरीको लागि मैले १४ वर्ष काम गरेँ अनि अर्को ६ वर्ष तपाईँका भेडाबाख्रा चराएँ। यसरी मैले तपाईँकहाँ २० वर्ष बिताएँ। ती वर्षहरूमा तपाईँले मेरो ज्याला १०-१० चोटि बदल्नुभयो।+