-
१ राजा ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ सुलेमानले सारा इस्राएलमा १२ जना प्रशासक नियुक्त गरेका थिए। तिनीहरूले राजा र तिनको महलका सबैको लागि खानेकुराको प्रबन्ध गर्थे। तिनीहरूलाई हरेक महिना पालैपालो खानेकुराको प्रबन्ध गर्ने जिम्मेवारी दिइएको थियो।+
-
-
१ राजा ४:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ सुलेमानको महलमा हरेक दिन खाना तयार पार्न यति सामग्री लाग्थ्यो: ३० कोर* मसिनो पीठो, ६० कोर पीठो, २३ गोठमा पालिएका १० वटा गाईवस्तु, चरनमा पालिएका २० वटा गाईवस्तु अनि १०० वटा भेडा। यसबाहेक केही जरायो, मृग, थार र घरमा पालिएका कोइली चराको मासु पनि पकाइन्थ्यो।
-